विराटनगर, साहित्यकार एवं पत्रकारशंकर खरेलको हालै प्रकाशित ‘टिलो’कथा सङ्ग्रहका बारेमा परिचर्चा गरिएको छ ।

चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित मासिक कार्यक्रम अन्तर्गत ‘टिलो’ कथा सङ्ग्रह माथि परिचर्चा गरिएको हो । मकालु टेलिभिजनको हलमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार र समीक्षकले ‘टिलो’कथा संग्रह माथि आफ्ना समालोचकीय दृष्टिकोण प्रस्तुत गरेकाथिए । कार्यक्रममा साहित्यकार रामबाबु दाहालले पाठकीय दृष्टिकोण राखे । उनले सङ्ग्रह भित्रका सबै जसो कथाले पाठकको मन जित्ने दाबी गरे । सङ्ग्रहमा केही कमीकमजोरी भए पनि कथाकारले पाठकको मनोविज्ञानलाई बुझेर कथा लेखेको उनको टिप्पणी थियो ।

अर्का साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ले कथा सङ्ग्रहम ाप्रयोग भएका भाषा शैलीका विषयमा प्रकाशपारे । सङ्ग्रहमा भाषाशैली सरल र सबैले बुझ्ने किसिमबाट प्रयोग भएकोउनको टिप्पणी थियो । त्यस्तै साहित्यकार हरि कट्टेलले कथाको विषयवस्तु र प्रस्तुतिका विषयमा धारणा राखेका थिए । उनले सङ्ग्रहकाकथाले समाजका गलत प्रवृत्तिलाई सशक्त रुपमाउजागर गरेको उल्लेख गरे । उनले भने, “सङ्ग्रहमा समावेश गरिएका कथामा आफ्नै गाउँ–ठाउँका विषयवस्तु र दिनहुँ भेटिरहने व्यक्ति नै पात्रका रुपमाउभ्याइएको छ ।”

साहित्यकार भरत गुरागार्इंले कथासङ्ग्रहलाई आधार मानेर लेखेको ‘टिलो’कविता सुनाए । कथाकार खरेलले लेखकीय मन्तव्य राख्दै कथाका विषयवस्तु र पात्र काल्पनिक नभएर यथार्थमा आधारित भएको बताए । उनले समाजमा देखे भोगेकाविषयलाई आफूले कथामाउतारेको प्रस्ट पारे । “सङ्ग्रहका कथाहरू सत प्रतिशत यथार्थमा आधारित छन्,” उनले थपे, “त्यसमाथोरै कल्पनाको जलप मात्रै लगाइएको छ ।”

आयोजक संस्थाकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रतिष्ठानका महासचिवउमेश दाहाल, कार्यक्रम संयोजक मीनकुमार नवोदित लगायतले कथा सङ्ग्रहका विषयमाआ–आफ्ना धारणा राखे । हालै प्रकाशित सङ्ग्रह माविभिन्न शीर्षकका १९ वटा कथा सङ्ग्रहित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय