बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको बस्तु प्रोजोक्टाईल हुन सकिने आशंका गरिएको छ ।

निजगढ नगरपालिका ९ स्थित एक कवाडी संचालकले प्रोजोक्टाईल जस्तै देखिने बस्तुमा भएको तामा निकाल्लन पहिला कवाडीमै काट्टने प्रयास गरेका थिए तर त्यहाँ काट्टन नसकेपछि कवाडी संचालक राज जैसवालले लेथमा ल्याएका थिए ।

कारखानामा काट्टने प्रयास गर्दा सो प्रोजोक्टाईल विष्फोट भएको हो । मिसाईलमा प्रयोग हुने प्रोजोक्टाईल नेपालमा नपाईने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुने जस्ते देखिएको प्रहरी श्रोतले जनाएको छ ।

विष्फोट पछि कवाडी संचालक जैसवाल र उनका श्रीमती सुसिला देवी जैसवला निजगढबाट कोल्हवी नगरपालिकामा गएर एम्बुलोन्समा भारत तर्फ जादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

यता विष्फोटबाट घाईते भएका छ जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपका संचालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनिहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा जिल्ला विरंगज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । घाइतेमध्ये थापाको कलैया र अन्यको वीरगन्जमा उपचार भईरहेको छ ।

विष्फोट भएको उक्त वस्तु हेर्दा बम जस्तै देखिन्छ यो प्रोजोक्टाईल हो या अन्य विष्फोटक भन्ने बारा प्ररिक्षण पछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । उनले भने,‘लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।’

यता विष्फोटक बस्तु निकै शक्तीशालि विष्फोटक रहेको देखिए प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले भने,‘खुल्ला स्थान भएकाले कम क्षेत्री भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठुलो क्षेति हुने देखिन्छ ।’

विष्फोट हुदाँ कारखाना नजिकका घरहरुमा समेत क्षेति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय