बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो भएको विस्फोटको कारण प्रहरीले सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको आकलन गरेको थियो तर प्रहरीले घटनास्थलको अनुसन्धान गरेपछि ग्यास सिलिन्डर विस्फोट नभएको निष्कर्षमा पुग्यो ।
यस्तो निचोडमा पुग्नुको प्रमुख कारण थियो त्यहाँ रहेको विफोटक वस्तुको टुक्रा । प्रहरीले घटनास्थलबाट फेला पारेको टुक्रा सिलिन्डर भन्दा निकै बाक्लो र आकारमा साने थियो भने घटनास्थलमा भएको सिलिन्डर जस्ताको त्यस्तै थियो भने विस्फोटबाट ग्यारेज रहेको फलामको सामाग्री र आसपासका घरहरूमा समेत क्षति पुगेको देखियो ।
त्यसपछि ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले सो विस्फोटक वस्तु भएको अनुमान गरेर अनुसन्धान सुरु गरे । ईलाका प्रहरी कार्यालय निजगढ, जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल र नेपाली सेनाले विस्फोटक भएको वस्तुको पहिचान गर्ने क्रममा उक्त वस्तु प्रोजेक्टाइल हुन सक्ने आशंका गरे ।
विस्फोट भएको वस्तुको फोला परेको टुक्रामा समेत आई एफ जि एक सय पाँच अर्थात इन्डियन फिल्ड गन १०५ लेखेको जस्तै देखिएको पछि प्रहरीले टुक्राटुक्रालाई संकलन गरेर त्यस वस्तुको आकार निर्माण गर्दा लगभग अनुमान गरे बमेजिमको आकार निर्माण भयो ।
त्यसपछि प्रहरीले इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तै देखिएको उक्त वस्तु प्रोजेक्टाइल हुन सक्ने प्रहरीको आशंकामा पुग्यो ।
यद्यपि, हेर्दा बमजस्तै देखिने उक्त वस्तु प्रोजेक्टाइल नै हो वा अन्य विस्फोटक भन्ने फोरेन्सिक परीक्षणपछि मात्रै बताउन सकिने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनकारी दिए । उनले भने, ‘लेथमा फलाममा रहेको तामा छुट्टाउन वस्तु काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । फरेन्सिक ल्याबबाट परीक्षणपछि मात्रै विष्फोट भएको बस्तुको बारेमा यकिन हुने छ । कवाडी पसलमा कहाँबाट र कसरी उक्त विष्पोटक पदार्थ आइपुग्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।’
विस्फोटक वस्तु निकै शक्तिशाली देखिएको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले भने,‘खुल्ला स्थान भएकाले कम क्षेत्री भएको देखिन्छ, बन्द स्थान वा भवन भित्र भएको भए निकै ठुलो क्षेति हुने थियो ।’
कवाड सञ्चालक र सिसिटिभि फुटेजबाट खुल्यो वास्तविकता
विस्फोट भएको सुचना पाएलगतै घटनास्थलमा पुगेको प्रहरी र स्थानियले शरीरको भाग क्षतविक्षत भएका र पूर्ण रूपमा जलेका घाईतेहरुलाई उद्दार गरी निजगढ नगरपालिका–९ स्थित सामुदायिक अस्पतालमा उपचारका निम्ती पठाएको थियो ।
विष्फोटमा सामान्य घाइते बनेका कवाडी पसल मालिक निजगढ ९ का राज भनिने रमेश जैसवाल पसल बन्द गरेर श्रीमति सुशीला देबी जैसवालसहित भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले सोमवार दिउसो कलैयाबाट पक्राउ गरेको थियो । उनीहरु निजगढबाट कोल्हवी नगरपालिकामा पुगेर एम्बुलेन्स चढेर कलैया उपमहानगरपालिका स्थित प्रादेशिक अस्पताल कलैयामा उपचार गर्दै गरेको अवस्थामा प्रहरीले कलैयाबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनी उपचारपछि त्यहाँबाट भारततर्फ जाने तयारीमा रहेको बारा प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा लिएपछि प्रहरीले सोधपुछ गर्दा कवाडी सञ्चालक जयसवालले उक्त वस्तु सोमबार बिहान मात्रै खरिद गरेको जानकारी प्रहरीलाई दियो । प्रहरीले उनले दिएको जानकारी र प्राप्त सिसिटिभि फुटेज अनुसार सञ्चालक जयसवालले बताएको विवरण र सिसिटिभि फुटेजमा देखिएको दृश्य मिल्न गयो । त्यसपछि प्रहरीले कवाडमा समान बिक्री गर्ने टिकाराम पाख्रिनलाई पक्राउ गरेपछि घटानको वास्तविकता बाहिरिएको हो ।
विष्फोट भएको वस्तु धनुषाबाट कसरी बारामा आयो
बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोट भएको वस्तु धनुषा जिल्लाको धारापानिबाट बारा आईपुगेको खुल्न आएको छ ।
बाराको निजगढ नगरपालिका–९ स्थित स्याक्तान टोलका ट्रक चालक बासु तामाङ्गले कवाडी सामान लोड गरी देशका विभिन्न स्थानमा पुर्याउने क्रममा निजगढ स्थित आफ्नो घरमा केही सामान सधै चोरी गरी झार्ने र सो सामान स्थानिय कवाडीलाई बेच्ने गरेको पाईएको छ ।
सोही क्रममा पछिल्लो समयबाट उनले घर छेउका टिकाराम पाखरिनलाई सहचालक बनाएर धनुषाको धारापानि पुगेका थिए । धारापानीस्थित एक कवाडी पसलबाट अन्य सामानसहित उक्त विष्पोटक पदार्थ पनि लोड गरेर ल्याएको खुलेको प्रहरीको भनाई छ । धारापानिमा रहेको एक कवाड कारखानाबाट उनीहरुले सधैझै कवाड सामाग्री लोड गरेर उनीहरु गन्तव्य तर्फ जाने क्रममा निजगढमा रहेको घरमा पुनः चोरी केही कवाडी सामान झारेको थिए । त्यहीँ क्रममा सो विस्फोटक वस्तु समेत त्यहाँ झारेका थिए ।
केही हाप्तापछि किस्ता तिर्न पैसा आवश्यक परेपछि सहचालक पाख्रिन र उनकी श्रीमती सर्मिला पाख्रिनले विभिन्न समयमा संकलन गरेको कवाडी सामान सोमबार बिहान करिब ११ बजे स्थानिय कवाडीलाई करिब एक क्विन्टल बत्तिस किलो फलाम ६ हजार दुई सय रुपैयामा बिक्री गरेर किस्ता तिरेको सहचालक पाख्ररिनले बताए । उनले भने,‘त्यो वस्तु वस्फोटक भन्ने आफुलाई थाहा नभएको र कवाडीमा रहेको फलाममा रहेकाले बिक्री गरिएको हो । धनुषाको धारापानिमा रहेको कवाडबाट सो सामान ल्याईएको हो, सो स्थानमा अन्य यस्तै वस्तु भए नभएको बारेमा मलाई जानकारी छैन ।’
प्रहरीले ट्रक चालक तामाङ्गको घरमा समेत केही मात्रामा चोरी गरी राखिएको फलामका रड, पाईप र अन्य कवाडका सामाग्री फोला पारेको छ । प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने ट्रक चालक तामाङ्ग भने जिल्ला बाहिर रहेकाले उनको खोजी गरिरहेको छ ।
यता सामान खरिद गरिसकेपछि कवाडखानामा फलाम काटने क्रममा केही पैसाका निम्ती विस्फोटक वस्तु हो भन्ने थाहा नपाएका उनीहरुले सो वस्तुमा भएको तामा र पितल अलग गर्न हैक्सो ब्लेड प्रयोग गरी काट्ने प्रयास गरेको भएतापनि हैक्सोले काट्न सम्भव नभएपछि सोमबारनै करिब १२ः०५ मा कवाडखाना अगाडी रहेको वर्कसपमा लगी छुट्टाउने क्रममा सो विस्फोटक वस्तु विस्फोट भएको प्रहरी अनुसन्धानमा देखिन्न आएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जनकारी दिए ।
कवाडी पसलमा कहाँबाट र कसरी उक्त विष्पोटक पदार्थ आइपुग्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ । धनुषाको धारापानिमा रहेको कवाडमा कसरी आईपुग्यो भन्ने बारेमा समेत थप अनुसन्धानको तयारीमा प्रहरी रहेको छ ।
के प्रोजेक्टाइल नेपाली सेनासंग छ ?
यो इन्डियन फिल्ड गन भनेको बेलायती हो, प्रोजेक्टाइलमा कम बल परेका कारण र खुल्ला स्थल भएका हुदाँ कम क्षेती भएको बुझिन्छ । धेरै उर्जा प्रयोग भएको भए विस्फोटले समेत ठुलो रुपलिन सक्ने नेपाली सेनाका जानकार बताउछन ।
अर्को कुरा यो नपाली सेनासंग छ, तर कवाडमा कसरी पुग्यो ?, देश भित्र वा बाहीरबाट आयो यो नेपाली सेना र नेपाल प्रहरीले समेत खोजी गनुपर्ने बिषय देखिन्छ । यो सामान्य बिषय होइन ।
बिस्फोटक पदार्थ कसरी आयो भन्नेमा मुलत द्वन्द्वकालमा कहीँकतै रहेको वस्तु हो या देशबाहीरबाट आयो वा नेपाली सेनाबाट आयो भन्नेनै अनुसन्धानको बिषय रहेको जानकारहरु बताउछन् ।
यो घटनाले देशको सुरक्षा समेतलाई चुनैती दिएको छ । यसका निम्ती हाल सम्म कुनै छानबिन समिति समेत बनेको छैन यसले समेत यो देखाउछ कि राज्यले यो घटनालाई गभिर्तापुवक लिएको छैन, सोतका अनुसार यसरी शक्तीशालि विस्फोटक वस्तु कवाड वा नगरिकको पहुचमा कसरी पुग्यो भन्ने विषयको छुट्टै अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
यता बिस्फोटक पदार्थको के हो भन्ने बारेमा फरेन्सिक ल्याबबाट परीक्षण भईरहेको सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले हाल यो बिस्फोटक पदार्थ कहाँबाट आएको जानकारी नभएको बताए। उनले भने, ‘नेपाली सेनाबाट यो बाहिर कवाडको रुपमा होस या अन्य कुनै रुपमा बाहिर जाने सक्ने कुरै हुदैन । यस बिस्फोटक पदार्थको पहिचान खुले पछि थप जानकारी आउछ ।’
विस्फोटमा घाईतेमध्ये तिनको मृत्यु, तिन घाईते एकको अवस्था गम्भीर
घटनामा दुई भारतीय नागरिकसहित छ जना घाइते भएका थिए । विस्फोटका घाइतेमध्ये तिनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय रितु रजत जैसवालको मंगलवार बिहान उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । यसअघि सोमवार राति भारतीय नागरिक ३५ वर्षीय राकेश जैसवाल र दिउसो वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगरको ज्यान गएको थियो ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरबिन साह, पर्सा जिल्ला वीरगंज महानगरपालिका–९ का ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । साहको अवस्था गम्भीर रहेको छ भने देवानको अवस्था सामान्य तथा थापा उपचारपछि घर फकिएका छन । घाईतेहरुको नेपाल मेडिसिटि वयोधा अस्पतालको आईसियूमा उपचार भईरहेको छ ।
दुईजना आंशकामा पक्राउ
उक्त विष्फोटक बस्तु के हो र कसरी वर्कशपसम्म आइपुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । उनले घटनामा दोषि देखिएको आंशकामा पक्राउ परेका कवाडी पसल मालिक निजगढ ९ का राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ट्रकका सहचालक निजगढ ९ का २९ वर्षिय टिकाराम पाख्रिनलाई मंगलवार जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
यद्यपि घटनाको विस्तृत विवरण भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । प्रहरीले मृतक, घाईते र पक्राउ परेका व्यक्तिको विवरणमात्र हालसम्म सार्वजनिक गरेको छ ।