कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका- ९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल नजिकैको जंगल क्षेत्रमा बेहोस अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा निधन भएको हो ।

विष्टको बुधबारै साँझ महाकाली अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको बताए । विष्टले विषादी सेवन गरेको आशंकामा घटनास्थल नजिक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले सामाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा-भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए। उनले वडासदस्य पार्वती विष्टलाई कावाको जिम्मेवारी समेत दिएका थिए। नेपाली सेनाबाट सेवा निवृत विष्ट ०७४ मा वडासदस्य र ०७९ मा वडाध्यक्षमा विजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय