बाराको पचरौता नगरपालिकाद्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन रक्षा कार्यक्रम अन्तर्गत बाराको पचरौता नगरपालिकाको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि मेयर जलन्धर सिंह जैसवालको आतिथ्यमा एवं पचरौता नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।सो कार्यक्रम पचरौता नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।



उक्त रक्तदान कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, पर्सा कार्यालय प्रमुख वीर समशेर कुर्मी लगाएतकाहरुको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा ६० जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नेमा कन्हैया कुमार साह, मनजुर आलम, बिनोद प्रसाद जैसवाल, दिलीप पटेल, पंकज पटेल, अजय पटेल, जितेन्द्र साह, धिरज पटेल, नवल किशोर लगाएतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
आजको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिरगंज रक्त संचार केन्द्रका जितेन्द्र प्रसाद कुशवाहा, नितेश यादव, समिम आलम लगाएतकाहरुको सहयोग रहेको थियोे।






