प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली गरिएको छ ।
बुधबार ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिबासको आयोजनामा ७५ औं प्रजातन्त्र दिवसको अवसरमा ट्राफिक सचेतना सहितको साइकल र्याली सम्पन्न गरिएको हो ।



महोत्तरी बर्दिवासका स्थानीय विद्यालयहरुका करिब ४ सय बिद्यार्थीहरुले दश किलोमीटर साइकलमा यात्रा तय गर्दै बजार परिक्रमा गरेका थिए।
बर्दिवासमा ट्राफिक नियमबारे विशेष संदेश दिने उदेश्यले नयाँ किसिमको कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना सहितको साइकल र्याली गरिएको जिल्ला ट्राफिक कार्यालय बर्दिबास महोत्तरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मीराज जोसिले जानकारी दिए ।
कार्यक्रममा बर्दिबास नगरपालिका, रोटरी क्लब अफ बर्दिबास र नेपाल हर्ट फाउन्डेसन सहितको सहकार्यमा भव्यरुपमा सम्पन्न भएको उनले जानकारी दिए ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रलाद क्षेत्री, नेपाल राजमार्ग तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक भिम किरण बोगटी, बिशेष सुरक्षा गण ढ्ल्केवरका प्रहरी उपरीक्षक सिताराम रिजाल लगायत विभिन्न संघसंस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो ।






