आज मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा केही जिल्लामा तातो दिन हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकको पश्चिमी क्षेत्रआसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।

अहिले गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहेको छ। आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय