लौरेन जेम्सको निर्णायक गोलप्रेरित इङ्ल्यान्डले फिफा महिला विश्वकपमा शुक्रबार डेनमार्कलाई १–० को नतिजामा पराजित गरेको छ।
अस्ट्रेलियाको सिड्नीस्थित सिड्नी फुटबल रंगशालामा भएको खेलको छैटौं मिनेटमा जेम्सले गरेको एक मात्र गोल इङ्लिस टिमको जितमा निर्णायक बन्यो।
राचेल डालीले दिएको पासलाई पेनाल्टी एरिया अगाडिबाट जेम्सले उत्कृष्ट गोलमा परिणत गरेकी थिइन्। प्रतिस्पर्धात्मक खेलको बाँकी सयममा दुवै टिम गोल गर्न असफल रहँदा सोही गोल निर्णायक बन्यो।
जितसँगै इङ्ल्यान्ड अन्तिम १६ नजिक पुगेको छ। समूह ‘डी’मा लगातार दुई खेल खेलेको इङ्ल्यान्डले अन्तिम खेल चीनसँग अगस्ट १ मा खेल्ने छ।
आजै न्युजिल्यान्डमा भएको समूह ‘जी’को अर्को खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलको बराबरी खेलेका छन्। पहिलो खेलमा इटालीसँग १–० ले हारेको अर्जेन्टिनाको समूह चरणमा पहिलो अंक हो।
अर्जेन्टिनाले अन्तिम खेलमा बुधबार स्वीडेनकको सामना गर्नेछ। यस्तै, पहिलो खेमला स्वीडेनसँग पराजित दक्षिण अफ्रिकाले अन्तिम खेलमा इटालीको सामना गर्नेछ।