काठमाडौं: लिओनल मेस्सी पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ट्रिओ बनेको छ ।

पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसंगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए ।

पीएसजीमा अब मेस्सी , किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार जसलाई एमएसएम भनिथ्यो थिए ।

अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन् । बनेको छ एमएमएन अर्था मेस्सी, एमबाप्पे, नेयमार ।

एमएसएनले बार्सिलोनामा रहँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । अब पीएसजीमा एमएमएनले कस्तो प्रदर्शन गर्छ त्यो हेर्न बाँकी छ तर के सत्य छ भने एमएमएन अहिले विश्वकै उत्कृष्ट अट्याकिङ लाइन भने बनेको छ ।

सुआरेज सन् २०१४ मा लिभरपुलबाट क्याटलान क्लबमा आबद्ध भएपछि मेस्सी , सुआरेज र नेयमारले बार्सिलोनामा तीन सिजन सँगै खेलेका थिए । सन् २०१७ मा नेयमार पीएसजी गएपछि यो ट्रिओ छुटेको थियो ।

त्यस समय यी तीन मिलेर ३६४ गोल गरेका थिए भने १७३ असिस्ट गरेका थिए ।

यस्तै तीन जना सँगै हुँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे तथा स्पानिस सुपर कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप एक-एक पटकसमेत जितेका थिए ।

तीन सिजन, ५०० भन्दा बढी गोल प्लस असिस्ट अनि ९ ट्रफी । यसले एमएसएनलाई चिनाएको थियो ।

यस्तो बन्यो पीएसजीको टोली

पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ ।

यसअघि नै पीएसजीले फ्रि ट्रान्सफरमा जर्जिनिओ विजनाल्म, सर्जियो रामोस र जियानलुजी डोनारुम्बालाई भित्र्याइसकेको छ । त्यसअघि अच्रफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ ।

मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ ।

युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।

एन्जल डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय