कपिलवस्तु : जनता प्रगतिशील पार्टीको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठीको अध्यक्षतामा पार्टी कार्यालय काठमाडौंमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत केन्द्रीय सदस्यहरूको सहभागितामा बैठक सम्पन्न भएको हो ।

उक्त पर्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)ले दिएको जानकारी अनुसार उक्त बैठकको निर्णयहरू यस प्रकारका छन् :

१. जनता प्रगतिशील पार्टी नेपालको तर्फबाट स्थानीय चुनावमा सहभागी हुन निर्वाचन आयोगमा निवेदन दिन पार्टीका बरिष्ठ उपाध्यक्ष डा. शिवाजी यादवलाई अख्तियारी,

२. उम्मेदवार मनोनयनको औपचारिक प्रदान गर्न पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रलाई अधिकार प्रदान,

३. दल दर्ता गर्ने कार्यमा निर्वाचन आयोगबाट प्राप्त सहयोगका लागि हार्दिक ज्ञापन गर्ने, स्थानीय तहको पदाधिकारीको नाममा रहेको वेरुजु, पेश्कीलाई निर्वाचनमा भाग लिन पर्छयौट भएको स्वा-घोषणा गर्नेलाई आधार बनाउने निर्णय गरिएको प्रति पार्टीले स्वागत गर्ने,
l
४. स्थानीय तहको निर्वाचनमा गैर दलिय आधारमा हुनुपर्ने सैद्धांतिक बिषयलाई अघि बढाउने जस्ले योग्य व्यक्ति आउने सम्भावना प्रबल हुने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय