पाल्पा दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ।

स्थानीय शिक्षक प्रेम रानाका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामीछन्।

गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले पहिचानमा समस्या भएको रानाले बताए।

म‌ंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय