काठमाडौं : नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन्। विष्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन्।

विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो। उनले करिब ३८ महिना कार्यकारी अध्यक्ष भएर काम गरेका छन्। विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण सुरु हुनुका साथै सबै च्यानललाई एचडी प्रविधिमा लगिएको दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय