शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् भगवान् बुद्धको २५६९औं जयन्ती आज देश भर मनाइयको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरिन्छ ।



बुद्ध जयन्तीको अवसरमा बाराको सिमरा स्थित साङक टासि देछेन लिङ विश्व शान्ति बैद्ध गुम्बामा भगवान बुद्धको पुजनपाठ र नगर परिक्रमा गरि बुद्ध जयन्ती मनाईएको छ ।
गुम्बा बाट सुरु गरिएको परिक्रमा ऐर्पोट रोड हुदै सिमरा चोक र जगदम्बा हुदै पुनः गुम्बाको प्राङ्गणमा आई पुर्ण गरिएको थियो। वडा नम्बर २ का अध्यक्ष धन बहादुर श्रेष्ठ प्रमुख अतिथ्य थिए भने कार्यक्रममा नेपाल राष्ट्रिय माद्यामिक विद्यालय, लोटस ऐकाडेमि ,अक्षरा पाठशाला, ब्राईटर ऐकाडेमि, सिमरा पब्लिक इङलिस बोडिङ स्कुलका विद्यार्थी सहित करिव २०० जनाको सहभागीता रहेको साङक टासि देछेन लिङ विश्व शान्ति बैद्ध गुम्बाका अध्यक्ष राजकुमार लामाले बताए ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको र भगवान बुद्धको उपदेश मध्ये कुनै एक उपदेश मात्रै पनि अनुसरण गर्नसके विश्वमा शान्ति कायम रहने उनले बताए । अध्यक्ष लामाले अहिले नेपालमा भङ्ग भईरहेको शान्तिलाई बुद्ध ज्ञनले शान्ति कायम राख्नसकिने धारणा ब्यक्त गरे ।
कार्यक्रममा राम बहादुर पाख्रिनले वाङ यानिकि उपदेश र आशिर्वाद दिदै भगवान् बुद्ध को उपदेश मनन गरि जिबनमा उतार्न सके जिबन सार्थक र शान्तिको बाटोमा हिडने बताए । अहिंसा नै शान्ति र मैत्रीको आधारशिला रहेको बताउदै पाख्रिनले भने यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइने गरेको छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।









