सिमरा । ग्रासरुट फाउण्डेसनले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामासिमरा पल्लिक ईङलीस स्कुल (एस.पि.ई.एस) र नोबेल एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत आजभएको पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमीसिमरामाथी ३–० को जितनिकाल्दै एस.पि.ई.एस. ले अघिल्लो चरणमा स्थानबनाएको हो । एस.पि.ई.एस.को जितमाआर्यन लामा र नितेश मगरले गोल गरे । टिमकालागिआर्यन एक्लैले दुई गोल गरेकाथिए । सुरुवाती समयदेखी नै दवावमा परेको सेन्ट पिटर्सले पहिलो हाफगोलरहित बराबरीमा रोकेपनी दोस्रो हाफमालगातार तीनगोल खानपुग्यो ।

३९औँ मिनेटमा विवके ढकालको उत्कृष्ट क्रसमाआर्यनले पहिलो गोल गरे । लगत्तै ४१ मिनेटमानितेस मगरले एक गोल गर्दै टिमलाई २–०को स्थितीमा पु¥याए । ४२ मिनेटमै आर्यनले ब्यक्तीगत दोस्रो गोल गर्दा सेन्ट पिटर्स ३–० ले पराजितभयो ।

उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याचनितेश मगर घोषित भए ।

त्यस्तै दोस्रो खेलमापाथीभरा स्कुललाई २–१ ले हराउँदै नोबल एकेडेमीले विजयी सुरुवात गरेको छ । अस्मिनथिङ र मोहन विष्टको गोलमानोबलले अघील्लो चरणमा स्थानबनाएको हो । २३ मिनेटमा अस्मीन थिङको गोलबाट अग्रताबनाएको नोबलकालागि २९ मिनेटमै मोहन बिष्टले अग्रता दोब्बर पारे ।

उतापाथिभरकालागिआयुषखत्रीले सान्त्वनागोल फर्काएकाथिए । खेलको अतिरिक्त समयमागोल गर्दै आयुषले टिमलाई गोलरहित हुनबाट जोगाए । नोबलका खेलाडीले डि–बक्सभित्रफल गरेपछी पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरिदिएकाथिए । खेलको म्यानअफ द म्याचनोबलकामञ्जिल घिसिङ भए । उत्कृष्ट प्रदर्शनसहित घिसिङले ट्रफी हातपारे ।

प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमासेन्ट जोन्स एकेडेमी र नेरामाबीबकुलीया खेल्नेछन् । दोस्रो खेलमान्यु एकताबोर्डिङ स्कुल र शुभतारा एकेडेमीबिच खेल हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय