सिमरा । ग्रास रुट फाउण्डेसनले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगितामाबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित श्री नेरामाबीफत्तेपुरले विजयी सुरुवात गरेका छ । सिमरा रंगशालामाआजभएको उद्घाटन खेलमाजीतपरसिमरा २ को सेन्ट जोन्स एकेडेमीलाई २–० ले हराएको हो ।

फत्तेपुरको जीतमाआदेश चौधरी र अनिशचौधरीले १–१ गोल गरे । ७० मिनेटनिर्धारण गरिएको खेलको पहिलो हाफगोल रहित बराबरीमा सकिएको थियो ।

सेन्ट जोन्सलाई सुरुवाती समयदेखी नै दवावमा राखेको फत्तेपुरले गोलकालागिभने ५४औँ मिनिेटसम्म संघर्ष गर्नुप¥यो । ५४औँ मिनेटमा फत्तेपुरकाआदेश चौधरीले टिमलाई अग्रतादिलाएकाथिए । लगत्तै ६५ मिनेटमा अनिशचौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । अनिशको गोल नै फत्तेपुरको जितकालागि निर्णयकबन्यो ।

शरिरिक हिसाबले समेत फत्तेपुरसँग कमजोर देखिएको सेन्ट जोन्स हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ ।

खेलमाउत्कृष्ट प्रदर्शन गर्दै फत्तेपुरकाआशिक रायम्यानअफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछन् । १२ः३० माहुने पहिलो खेलमाएक्स सर्भिसमेन एकेडेमी र नेरामाबीऔराहा भिड्नेछन् भने दिउसो २ः३० बजे लोटस एकेडेमी र सेन्ट अल्फोन्साज ईङ्लीस स्कुलबिच दोस्रो खेल हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय