प्रेस चौतारी नेपाल बारा जिल्ला समितिको दोस्रो पूर्ण बैठक जीतपुरसिमरा उपमहानगरपालिका डुमरवाना स्थित बेंगाइ नदी रिसोर्टमा सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा बैठक भएको हो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य इन्दीप कोइराला, मधेस प्रदेशका महासचिव दिवाकर भण्डारी, प्रेस चौतारी नेपालका संस्थापक सदस्य गोकुल घोरसाईनी लगायतको सहभागिता थियो ।

बैठकले प्रेस चौतारी नेपाल मधेस प्रदेशका संस्थापक अध्यक्ष फणि महतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पत्रकार महतको गत बैशाख ३० गते ४६ बर्षको उमेरमा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।

यस्तै बैठकले अन्य तिन वटा महत्त्वपूर्ण निर्णय समेत गरेको बारा चौतारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय