बारामा पछिल्लो समय चोरी लगायतका घटना बढ्दै गएपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराले सुरक्षाको माग गएको छ ।

जीतपुरसिमराका मूख्य स्थान डुमरवाना र फत्तेपुर बजारमा नै प्रहरीले सुरक्षा गर्न नसकेको तथा पछिल्लो समयमा चोरीको घटनाहरु बढ्दै गएको वाणिज्य संघले जारी गरेको विज्ञप्ति भनिएको छ ।

केही समय यता जीतपुरसिमराका बिभिन्न उद्योग प्रतिष्ठान, व्यावसायाक सटर तथा गोदामसहित संघसस्थाहरुमा चोरीको घटनामा वृद्धि हुँदै गईरहेको प्रति वाणिज्य संघले चिन्ता प्रकट गरेको हो । शृंखलाबद्ध भईरहेको चोरीले पथलैया बिरगंज कोरिडोरमा रहेका उद्योग, बारामा रहेका बिभिन्न व्यवसायी तथा अन्य सर्वसाधारणको समेत चोरीको घटनाका कारण जनजिवन आतंकित बनेको छ ।

यस्ता प्रकृतिका घटनाको न्युनिकरण तथा घटनामा संलग्नता भएका व्यक्तिको पहिचान गरी कार्वाही गर्न प्रशासनलाई वाणिज्य संघले आग्रह गरेको छ । चोरी लगायतका घटनाबाट त्रसित रहेका व्यवसायीलाई बिभिन्न निकायले बजार अनुगमनको नाममा आतंकित बनाएको जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गएराति जीतपुरसिमरा उपमहानगरपालिकाको फत्तेपुर र डुमरवाना रहेका दुईवटा साना किसान कृषि सहकारी संस्थामा गएराती चोरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय