बारा । अत्याधिक मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा मंगलबार राति पक्राउ परेका वीरगन्जका एक वडाअध्यक्ष दुई जनालाई वडा प्रहरी कार्यालय वीर्ताले बुधबार बिहान रिहा गरेको छ ।
अत्याधिक मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा आर्दशनगर स्थित लर्डस दियालो अगाडीबाट पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी र कृष्णा गीरी बुधबार बिहान रिहा भएका हुन ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक निरोज चौलागाईका अनुसार मंगलबार राति वीरगन्जका एक वडाअध्यक्ष दुई जनालाई पक्राउ गरेर आज बिहान रिहा गरीएको हो ।
प्रहरी स्रोतका अनुसार मदिरा सेवन गरेर रातिको समयमा बाहुबलि बन्न खोजेपछि नियन्त्रणमा लिएर रातभरी प्रहरी नियन्त्रणमा राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय