सप्तरी विष्णुपुर गाउँपालिकाका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादवसँग २ लाख नगद र लेखापाल टेकनारायण यादवसँग ३ लाखको चेकसहित नियन्त्रणमा लिएको हो ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोलार बत्ती जडानलगायतका योजनामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा राजविराज-२ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।