रौतहट । विगत केही दिन देखि उत्तरी क्षेत्रमा अत्यधिक बढेको पानीका कारण रौतहटको वाग्मती तथा लालबकैया नदीमा कटान कार्य तीव रुपमा हुँदै आएको छ । रौतहटको वाग्मती तथा लालबकैया नदीमा पानीको सतह बढदा विभिन्न स्थानमा कटान कार्य तीव्र रुपमा भईरहेको हो ।

विभिन्न स्थानमा दुवै नदीले जारी गरेको कटान कार्यलाई नियन्त्रण गर्न स्थानीय पालिकाहरुले चासो समेत देखाउन थालेका छन । सदरमुकाम गौरमा बिहिवार दिउँसो देखी हल्का वर्षा भएपनी उत्तरी क्षेत्रमा परेको भीषण वर्षाबाट आएको बाढीले वाग्मती तथा लालबकैया नदीको जलस्तरमा वृद्धि भएको छ ।

गौर नगरपालिका २ बानेश्वर महादेव मन्दिर स्थित रहेको लालबकैया नदीको तटबन्ध कटान सुरु गरेपछी नियन्त्रण तर्फ आवश्यक कदम सुरु गर्न गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरलाई आग्रह गरेका छन् ।

समयमै तटबन्ध कटान नियन्त्रण कार्य गर्न आग्रह गर्दे प्रमुख साहले हुने सम्भावित क्षती न्युनिकरण गर्न सम्बन्धित निकायसँग माँग समेत गरे । लालबकैया नदीले तीव्र रुपमा कटान जारी राखेकोले आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्दे नगरपालिकाले समेत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी वाग्मती नदीले दुर्गााभगवती गाउँ पालिकाको वडा नम्बर ३ मत्सरी टोलमा कटान गर्दे आएकोले सुरक्षा अधिकारी सहितको टोलीले निरीक्षण समेत गरेका छन् । पडाही भेगमा भईरहेको वर्षाका कारण वाग्मतीको जलस्तरमा वृद्धि भई कटान भईरहेको स्थलमा बिहिवार सुरक्षा अधिकारी सहितको टोलीले निरीक्षण गरी कटान रोकथाम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको दुर्गा भगवती गाउँ पालिकालका अध्यक्ष शम्भु सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय