रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुखमा पद्म कुमार तिमल्सिना (अजय) र उपप्रमुखमा प्रतिमा देवी यादवलाई उम्मेदवारी दिएका छन ।

प्रमुखमा माओवादी केन्द्रका तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुखमा यादव उम्मेदवार बनेकी छिन् । तिमल्सिना यसअघिको चुनावमा कहिले उम्मेदवारी दिएका थिएनन् ।

रौतहट जिल्लाका युवा नेता तथा माओवादी केन्द्रको रौतहट जिल्ला कमिटीको आयोजक कमिटीमा बसेर काम गरिसकेका तिमल्सिनाले फतुवा विजयपुर नगरपालिका प्रमुखमा दिएका उम्मेदवारी अहिले निकै चर्चामा छ ।

उनको प्रतिस्पर्धा यस अगी फतुवा विजयपुर नगरपालिबाट मेयरमा चुनाव जितिसकेका नेपाली कांग्रेसका गोपाल राय यादवसँग हुने भएको छ ।

यस नगरमा नगरप्रमुख यादव र उपप्रमुख महतो बीचको विवादले रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा समयमा कहिले हुन सकेको थिएन । नगरप्रमुख गोपाल राय यादव र उपप्रमुख कान्ति देवी महतोले एक अर्कालाई भ्रष्टाचारीको संज्ञा दिदै आएका थिए । उनीहरु दुवैले अलगअलग घरभाडामा लिएर कार्यालय समेत सञ्चालन गर्दै आएका थिए ।

फतुवा विजयपुर नगरपालिकाका जनताले नयाँ मुहार खोजिरहेको बेलामा तिमल्सिनाले उम्मेदवारीले निकै चर्चा पाएको छ ।

तिमल्सिनाले आफु मेयरमा जित हासिल भए नगरपालिकामा सुशासन कायम गर्न, विकासका काम, स्वास्थ्य, शिक्षा, वातावरणसँग सम्बन्धित विषयलाई अघि बढाउनका लागि उनको उम्मेदवारी आवश्यक रहेको बताएका छन ।

तिमल्सिना सधै यस नगरका जनताका बीचमा गएर जनताकै काममा व्यस्त हुन्थे । जनताका विभिन्न समस्यालाई सहजीकरण गर्न गर्दथे भने जनताको अप्ठ्यारा, सप्ठ्यारासँग सधै जोडिन्थे ।

सरकारी विद्यालयको आवश्यकता हेरेर त्यस अनुसारका सुधारका योजना बनाएर काम गर्ने छौं । कोभिड महामारीका बेला सबैलाई थाहा भयो कि स्वास्थ्य क्षेत्र सबैभन्दा महत्त्वपूर्ण रहेछ यसका लागि संघ र प्रदेशसँग सहकार्य गरेर काम गर्नुपर्ने छ ।

उनले निर्वाचन जितेपछि आगामी पाँच वर्षभित्रमा नगरपालिकामा सबैभन्दा पहिले सुशासन कायम गर्ने कार्यमा ध्यान दिने बताए । अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने उनको प्राथमिकतामा रहेको छ ।

यसबाहेक, शिक्षा, स्वास्थ्य, मानव विकास, वातावरण र पूर्वाधार विकासको क्षेत्रका काम गर्छौं तिमल्सिनाले भने, कला साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने, यहाँको भोजपुरी भाषाको संरक्षणमा काम गर्ने योजना बनाएको छु ।

तिमल्सिनाले भने हामी एजेण्डा, कामको कुरा लिएर जनतामा जाने हो र जनताको मन जितेर निर्वाचनमा जित हासिल गरेर जनताकै निम्ती काम गर्ने मेरो लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय