
निशान भट्टराई र मेलिना राईको स्वर रहेको ‘सुन्तला’ गीत रिलिज
गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वर रहेको ‘सुन्तला’ गीत रिलिज भएको छ । चलचित्र ‘ए मेरो हजुर ४’ को गीत सुन्तला आज रिलिज भएको हो ।



गीतमा अभिनेता अनमोल केसी र सुहाना थापालाई प्रस्तुत गरिएको छ भने गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्।
फिल्मको निर्माण सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा गरेका हुन्।
सिनेमाको कथा झरना थापाले लेखेकी हुन्।
स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा र संवादमा रहेको छ।