पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन यही फाल्गुन १५ गते निश्चित भएपछि नेपाली कांग्रेस बाराको सभापती पदका उम्मेदवारहरुले चुनावी प्रचार तीव्र पारेका छन ।

जिल्ला अधिवेशनमा अध्यक्ष पदको लागि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, शम्भु बुढाथोकी र रामानन्द यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

जिल्ला सभापती पदको ५१ प्रतिशत मत ल्याउनेले मात्रै विजयी हुने भएकोले उम्मेदवारहरु पहिलो चरणमै जित हात पर्ने गरी चुनाव प्रचारमा होमिएका छन । पहिलो चरणमा कसैको पनि ५० प्रतिशतभन्दा माथि मत प्राप्त हुन सकेन भने सबैभन्दा बढी मत प्राप्त गर्ने २ जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने छ । तर सबै उम्मेदवारहरु पहिलो चरणमा नै जित हुने दाबी सहित चुनावी अभियानमा होमिएका छन ।

जिल्ला सभापतीका उम्मेदवार शम्भु बुढाथोकीको पक्षमा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, संविधान सभा सदस्य रामअयोध्याय यादव, जिल्ला सभापती जयचन्द चौरसिया, महागढीमाई नगर प्रमुख उपेन्द्र यादव, सिम्रौनगढ नगर प्रमुख बिजयशंकर यादव, नेपाली कांग्रेस बाराको उपसभापती अमिरिलाल पाललगायतका नेता कार्यकर्ताहरु लागेका छन ।

त्यसैगरी अर्का उम्मेदवार रामानन्द यादवलाई जिताउन संघीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पूर्वजिल्ला सभापती लालबाबु सिह, राजेश रौनियार लगायतका नेताहरु सक्रिय छन ।

त्यसैगरी अर्का उम्मेदवार कलैया उपमहानगरपालिकाका नगर प्रमु राजेश राय यादव पक्षमा शोभाकर पराजुली, लुकेश सिंहलगायतका नेताहरुले चुनावी अभियान चलाउदै आएका छन ।

उम्मेदवारहरुले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र पार्दैै आएका छन ।

यसै क्रममा निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला सभापतीमा बुढाथोकीलाई जिताउन महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको कवहीगोठमा नेता तथा कार्यकर्ताको टोली पुगेको थियो । उनीहरुले क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेर आफ्नो पक्षमा मत मागेका छन ।

नेपाली कांग्रेस बाराको जिल्ला सभापतीमा बुढाथोकी र राजेश राय यादवबीच तीव्र प्रतिस्पर्धा रहेको नेता तथा कार्यकताहरुले बताएका छन । तर सभापतिका प्रत्याशी बुढाथोकीले भने आफू पहिलो चरणमा नै सभापतीमा निर्वाचित हुने दबी गरेका छन ।

निर्वाचनमा नेपाली कांग्रेस बारामा दुई हजार ६ सय मतदाता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय