दार्चुला जिल्लामा प्रयोग हुँदै आएको जोखिमपूर्ण तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न सहयोगको अपिल गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित हर्क राज राई (हर्क साम्पाङ)ले उक्त अभियानका लागि सर्वसाधारणसँग सहयोग मागेका हुन।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै राईले दार्चुलामा तुइनको सट्टा सुरक्षित झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुसार आर्थिक सहयोग जुटाउन लागिएको बताएका छन। उनले ‘१० रुपैयाँदेखि माथि जति सकिन्छ सहयोग गर्न सकिन्छ’ भन्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन।

राईका अनुसार सानो–सानो सहयोगले पनि ठूलो काम सम्भव हुने भएकाले देशभित्र तथा विदेशमा रहेका नेपालीलाई समेत सहयोग गर्न अनुरोध गरिएको छ। उनले इच्छुक सहयोगीलाई ९८६१६३३२२६ नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन।

दार्चुलालगायत दुर्गम जिल्लामा अझै पनि नदी पार गर्न तुइन प्रयोग हुने गरेको छ, जसले स्थानीयवासीको ज्यान जोखिममा पर्ने गरेको छ। यस्तो अवस्थालाई अन्त्य गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न झोलुङ्गे पुल निर्माण आवश्यक रहेको भन्दै उनले सहयोग जुटाउन अभियान सुरु गरेका हुन।

राईले जनसहभागितामार्फत विकास निर्माण सम्भव हुने उदाहरण स्थापित गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय