जीतपुरसिमरा उपमहानगरपालिका–१५ ,डुमरवानामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । आईतबार संस्थाका अध्यक्ष विश्वनाथ लामिछाने समक्ष राजिनामा बुझाएका हुन् ।

अबको समय राजनीतिमा खर्चिने भन्दै क्षेत्रीले पदबाट राजीनामा दिएको बताएका छन् । नेकपा एमालेका सक्रिय कार्यकर्ता समेत रहेएका क्षेत्री नेकपा एमालेबाट निर्वाचित तत्कालिन डुमरवाना गाविसका अध्यक्ष हुन् ।

जिल्लाका तत्कालिन ९८ वटा गाविस मध्य उत्कृष्ठ कार्य गरेर डुमरवानालाई जिल्लाकै नमुना गाविसका रुपमा चिनाएका थिए । उनको कार्यकालमा डुमरवानाका धेरै सडक निर्माण तथा ग्रावल भएका थिए । गाविसको खर्च घटाएर आफ्नै श्रोतमा ट्याक्टर किनेर वर्तमान डुमरवाना निर्माणमा उनको भुमिका रहेको स्थानिय झपेन्द्रराज बरालले बताए ।

वर्तमान डुमरवानालाई चिनाउन सफल क्षेत्रीकै नेतृत्वमा २०५३ सालमा साना किसान कृषि सहकारी संस्था स्थापना भएको थियो । क्षेत्री नेतृत्वले सहकारीका माध्यमबाट डुमरवानामा संस्थागत विद्यालय, संस्थागत डेरी समेत संचालन गरेको थियो । एक अरब ७५ करोड माथीको कारोबार गर्ने वर्तमान संस्था देशकै उत्कृष्ठ संस्थाको रुपमा पटकपटक पुरस्कृत समेत भएको अध्यक्ष लामिछानेले जानकारी दिए ।

२०६६ चैत्र मा क्षेत्रीले राजनैतिक नियूक्ति पाएर बारा जिल्लाको सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष समेत भएका थिए । उनी अध्यक्ष भएका बेला डुमरवाना, पथलैया, निजगढ लगायत स्थानका २ हजार ५ सयबढी सुकुम्बासीले अस्थायीपूर्जा पाएका थिए । त्यस यता जिल्लामा सुकुम्बासीले पूर्जा पाएका छैनन् ।

पछिल्लो समय संस्थामा संचालकहरु विचमा भएको आन्तरिक विवादको शिकार बनेका क्षेत्री निकै दवावमा थिए । दवावका विच राजिनामा दिएका क्षेत्रीले पुनः राजनितीमा सक्रिय हुने गरी संस्थाको जागिर छाडेको बताए ।
संस्थाको संचालक समितिले उनको राजैनामा आजै स्विकृत गरेको अध्यक्ष लामिछानेले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय