पुष्कर खड्का, रामेछाप । रामेछाप जिल्लामा आज मंगलबार थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ जना रहेको छन् ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा ११ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । अधिकृत थापाले दिएको जानकारी अनुसार अहिले ४५ जना सङ्क्रमित होम आइसोलेशनमा र ८ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।
यसैबिच जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको र एक लाख ७ हजार २२८ जनाले कोरोना विरुद्धको पहिलोमात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।