
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाराले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसंग माग गरेको छ ।
२०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियु बाराले एक बिज्ञप्ति मार्फत माग गरेको हो ।



आफ्नो स्वार्थका कारण पाँच दलिय गठबन्धनको सरकारले स्थानिय तहको निर्वाचन गर्न नचाहेको भन्दै समयमै निर्वाचन गर्न माग गर्दै अनेरास्ववियु बाराले देउवा सरकारसंग माग गरेको हो ।
अनेरास्ववियु बाराका संयोजक कपिल खरेलद्धारा जारी विज्ञप्तिमा समयमा निर्वाचन गराउने मिति नतोकिय निर्वाचन गराउन दबाब दिने उद्धेश्य सहित सम्पुर्ण विद्यार्थी आन्दोलित हुन बाध्य हुने उल्लेख गरीएको छ ।