नेपाल राष्ट्रिय शिक्षक संघठन निजगढ नगर कमिटीले शनिबार शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको छ । दोस्रो नगर अधिवेशनको अवसरमा संघठनले नगरमा सेवाबाट निवृत्त भएका २५ वर्षभन्दा माथि काम गरेका दीर्घ सेवी, नव प्रवेशी तथा करारमा नियुक्त भएका ३५ जनाभन्दा बढी शिक्षकहरुलाई सम्मान गरेको हो ।

संघठनका नगर अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतामा भएको नगर अधिवेशनको उदघाटन शत्रमा संघठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाल र वलबीर चौधरीले शिक्षकहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

निजगढ नगरपालिका वडा नम्बर ९ स्थित निजगढ बैङ्गकुट तथा पाटी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य पौडेल, मैनाली, नेकपा एमालेबाट प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, अवकास प्राप्त शिक्षक सुदर्शन कोइराला, भोलाप्रसाद गौतम, शिक्षक संघठनका बारा जिल्ला अध्यक्ष अनिल मैनाली, गौरीशंकर माविका प्रधानाध्यापक बद्रीनारायण झालगायतले अधिवेशन सफलताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन शिक्षक बोधनाथ चौलागाई, बालकुमार सिंजाली, रमेश तिमल्सिना, सोमराज लामालगायतले गरेका थिए । अहिले जारी अधिवेशनको बन्द सत्रले शिक्षक संघठनको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय