नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तरगत अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले अधिवेशन हुन बाँकी १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ श्रेष्ठले जानकारी दिएका छन्। सदस्यता विवादलगायत अन्य विविध कारणले १६ जिल्लामा अधिवेशन हुन बाँकी छ।

१४ औं महाधिवेशनअन्तर्गत वडा,पालिका, क्षेत्रीय, जिल्ला अधिवेशन सकाएको कांग्रेसले बिहीबारदेखि प्रदेश अधिवेशन गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय