नायक सलमान खानले आफ्नो नयाँ चलचित्र ‘टाइगर ३’को छायांकन सुरु गरेका छन् । सलमानको यो चलचित्रको छायांकन रसियाबाट सुरु भएको छ । चलचित्रको छायांकनका लागि केही दिन अगाडि सलमान र नायिका कट्रिना कैफसहित चलचित्रको टोली रुस उडेको थियो ।

चलचित्रको छायांकन सुरु भएसँगै नायक सलमान खानको लुक्स पनि बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा सलमान खानलाई चिन्न मुश्किल पर्छ । उनी लामो दाह्री र जुंगामा देखिएका छन् ।

उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो ।

सामाजिक संजालबाट बाहिरिएको यो लुकले निर्माणपक्षलाई भने घाटा पर्ने देखिएको छ । चलचित्रमा सलमान ‘र’ एजेन्टको भूमिकाका देखिदैछन् । मनिष शर्माको निर्देशनमा यो चलचित्र निर्माण भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय