अब वार्षिक १० लाख रुपैयाँसम्मको आयकरमा कर नलाग्ने भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यसअघि यस्तो सिमा पाँच लाख रुपैयाँ थियो। यस्तै, आयकरको अधिकतम सीमा ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा सिमित गरिएको छ।



यस्तै, ३६० बस्तुमा लाग्ने गरेको अन्तशुल्क पनि खारेज गरिएको छ।






