पुर्व मिस नेपाल उषा खडगीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको पाइएको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली भएकाे खुले पछि अहिलेसम्म त्रिभुवन विश्वबिधालयले प्रविणता प्रमाणपत्र तह (आइए) को सर्टिफिकेट अझै पनि लिन सकेकी छैनन्। प्रविणता प्रमाण पत्र तहको सर्टिफिकेटसमेत नभएकी खडगीले स्नातक तह पास गरेको भन्ने झुटो बिवरण उल्लेख गरेर सो बेला नै मिस नेपालकाे उपाधी हासिल गरेको अहिले खुल्न आएको छ।

उनीसँग हाल रहेकाे माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडियट एजुकेशन युपीबाट उषाकुमारी खडगीको नाममा सन १९९३ जुन २६ मा उनले हाइस्कुल परिक्षा पास गरेको प्रमाणपत्र भने उनीसँग रहेकाे छ, त्यो भन्दा माथीको कुनै प्रमाणपत्र उनीसँग नरहेकाे उनी निकटहरूले जनाएका छन्।

न्युजकारखानालाइ प्राप्त कागजात अनुसार उनले गोरखपुरको बि एस जे हाइस्कुल, सरहरी, गोरखपुरवाट हिन्दी, अंग्रेजी, म्याथम्याटिक्स, सोसिएल साइन्स, साइन्स र सिभिक बिषय पढेको भन्दै प्रमाणपत्र लिएकाे देखिए पनि साे प्रमाणपत्र माथी अहिले प्रश्न उठन थालेकाे छ। गोरखपुरको बिधालयवाट हाइस्कुल परिक्षा पास हुदाँ अनुक्रमांक १६३६३८१ मा पुर्व मिस नेपाल खडगीले ३८४५४७ नम्बरको प्रमाणपत्र हरिखेतान बहुमुखी क्याम्पस, बिरगञ्ज, त्रिभुवन विश्वबिधालयमा बुझाएर भर्ना गरेकी थिइन्।

तर, सो प्रमाणपत्र पेश गरेर उच्च शिक्षा सुरू गरे पनि खडगीले पेस गरेर भर्ना भएको प्रमाणपत्र नक्कली रहेको सोही बेला नै खुलेको उनका बाल्यकालका ती साथीले बताए। ‘मिस नेपाल आयोजक हिडन ट्रेजरमा कितावमा उनले बिए पास उल्लेख गरे पनि बिए पास भएको त परै जाओस, आइए पास भएको पनि सर्टिफिकेट खडगीसँग छैन्, हरिखेतान बहुमुखी क्याम्पसमा भर्ना भए पनि भारतवाट ल्याएको प्रमाणपत्र सक्कली प्रमाणित गराउन नसके पछि त्रिभुवन विश्वबिधालयले अझैसम्म उनलाई सर्टिफिकेट दिएको छैन्,’ उनले भने।

तर, सन २००० जुलाइ १२, बुधवार मिस नेपाल हुदाँ भने उनले आयोजक हिडन ट्रेजरलाई बिए पास गरेको उल्लेख गरेकी थिइन्, जो त्यही बेला दि हिडेन ट्रेजरको अफिसियली पुस्तकमा उल्लेख गरिएको छ। त्यहाँ उल्लेख भए अनुसार मिस नेपालमा प्रतिस्पर्धा गर्दा खडगीले आफनो उमेर २० बर्ष रहेको, ४९ केजी तौलग्राम भएको तथा बिए पास गरेको उल्लेख गरेकी छिन। जसलाई हिडेन ट्रेजरले सार्बजनिक गरेको पुस्तकमा त्यो बेलाका प्रतिस्पर्धी मध्ये प्रोफाइल नम्बर ११ मा उनको बायोडाटा उल्लेख गरेको छ, जुन बर्ष उनले मिस नेपालको उपाधी हासिल गरेकी थिइन्।

हरिखेतान बहुमुखी क्याम्पस प्रशासनले पनि उनले कलेज शिक्षा पुरा नगरेको जनाएको छ। यसबारेमा कलेजमा बुझ्दा पनि खडगीले प्रविणता प्रमाणपत्रकाे सर्टिफिकेट लगेको लगबुकमा फेला नपरेको प्रतिक्रिया दिएको छ। ‘उहाँले यहाँवाट कलेज पास गरेको भन्ने कुनै रेकर्ड फेला परेको छैन्,’ क्याम्पस प्रशासनका एक कर्मचारीले भने। तर, उनले भारतवाट हाइस्कुल पास गरेकाे अभिलेख भने साे क्याम्पसमा रहेकाे देखिएकाे छ।

यसबारेमा जिज्ञास राख्दा स्वयं खडगीले पनि सही उत्तर दिन सकिनन्। ‘जसले मेरो शैक्षिक प्रमाणपत्रका बारेमा प्रश्न उठाएका छन्, उसैलाई सोध्नु न’ भन्दै संक्षिप्त प्रतिकियामात्रै दिइन्। ‘तपाइको सर्टिफिकेटका बारेमा तपाईलाई थाहा हुन्छ नि, बाहिर अनेक प्रश्न छ, खास कुरा के हो ? भनेर पुनः प्रश्न गर्दा उनले कुनै जवाफ दिन मानिनन्। मात्र यति भनिरहिन, ‘जसले कुरा उठाएका छन, उसैसँग साेध्नु ।’ उनले आफूसँग बिए पास गरेकाे भन्ने ढुक्कले जवाफ दिन सकिनन्।

उता, हिडेन ट्रेजरका सञ्चालक प्रमोद कंसाकारले झुटो बिवरण बुझाएर मिस नेपाल प्रतियोगितामा भाग लिन नपाइने प्रतिक्रिया दिएका छन्। ‘झुटो बिवरण बुझाएर वा उल्लेख गरेर मिस नेपाल प्रतियोगितामा भाग लिन पाईन्न, तपाईले भने पछि मात्रै उहाँले बिए पास नगरेकाे थाहा भयो, यदी यसो हो भने बुझ्नु पर्छ।’ उनले कार्यालयमा साे बेला खडगीले पेश गरेकाे डकुमेन्ट हेरेर मात्रै थप प्रतिक्रिया दिने जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय