निजगढमा जारी दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएको २ वटा खेलमा वडा नम्बर १ र वडा नम्बर ३ को टोली विजयी भएका छन ।

पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर १२ लाई टाइब्रेकरमा ६/५ गोल अन्तरमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयभित्र दुुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

उक्त खेलमा उत्कृष्ट प्रर्दशन गर्ने वडा नम्बर १ का गोलरक्षक सुमन जिम्बाले म्यान अफ दि म्याचको उपाधि हात पारे । उनलाई स्व. विकल रेग्मीकी आमा कमला रेग्मी र वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले संयुुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

त्यसैगरी दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई २/१ गोल अन्तरमा पराजित गरेको छ । खेलको पहिलो हाफको २४औं मिनेटमा आत्मघाती गोलबाट पछाडि परेको अवस्था उल्टाउदै वडा नम्बर ३ ले जित निकालेको हो । वडा नम्बर ३ को लागि दोस्रो हाफको तेस्रो मिनेटमा रमेश थोकरले गोल गरेर खेल बराबरीमा पुर्‍याएका थिए ।

त्यसैगरी निकेश घिसिङ्गले खेलको २३ औं मिनेटमा अग्रता दोब्बर पारेर टोलीको जित सुनिश्चित पारेका थिए । खेलमा म्यान अफ दि म्याच विजेता टोलीका निकेश घिसिङ्ग घोषित भए । उनलाई विकल रेग्मीका आमा कमलाले ट्रफी प्रदान गरेका थिए ।

पहिलो खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र दोस्रो चरणको खेलमा मुख्य रेफ्री नीलकमल चौधरी रहेका थिए भने सहायक रेफ्रीमा राजुु चौधरी र फोर्थ अफिसियल रियाजुल स्लाम रहेका थिए ।

त्यसैगरी सोमबार २ खेल हुने छन । दिउसो २ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र वडा नम्बर ९ को टोलीले प्रतिस्पर्धा गर्ने छन भने दिउसो ३ बजे दोस्रो खेलमा वडा नम्बर ६ र वडा नम्बर १० को टोली भिड्ने छन ।

प्रतियोगिताको विजेता टोलीले ८० हजार नगद पुुरस्कार र ट्रफी तथा उपविजेता टोलीले ५० हजार नगद पुुरस्कार प्राप्त गर्नेछन । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्कोरर, उत्कृष्ट खेलाडी, राईजिङ्ग प्लेयरलाई पनि पुुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

प्रतियोगिता निजगढ नगरपालिका ९ स्थित शहीद हिरालाल रंगशालामा भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय