नेपाल प्रहरीको दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति गरेको हो।

१७ कात्तिक बिहीबारदेखि लागू हुने गरी उनी नियुक्त भएका हुन्। हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबारदेखि अवकाश पाउने भएपछि कार्की नियुक्त भएका हुन्। उनी एआइजीको वरीयतामा १ नम्बरमा थिए।

उनीसहित राजन अधिकारी, डा.मनोज केसी र सिद्धिबिक्रम शाह आइजिपीका प्रतिस्पर्धी थिए।

कार्कीले करिब २९ महिना प्रहरीको कमाण्ड सम्हाल्ने
नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा नियुक्त भएका दानबहादुर कार्कीले करिब २९ महिना नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन्। अहिलेको प्रहरीको नियमावलीको अवकाश तथा पदावधिसम्बन्धि व्यवस्थाअनुसार १८ चैत २०८४ सम्म उनी महानिरीक्षक हुनेछन्।

कार्की १८ चैत २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका हुन्। प्रहरीको ३० वर्षे सेवाहद रहेकाले १८ चैत २०८४ मा उनको अनिवार्य अवकाश हुनेछ । हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाएपछि उनले २७ कात्तिकदेखि प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

को हुन् कार्की ?
२०२९ सालको साउन १५ गते जन्मिएका कार्कीको स्थायी ठेगाना गुल्मीको मालिका गाउँपालिका ७ हो । २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी २०६६ साल मंसिरमा डिएसपीमा पदोन्नती भएका थिए । २०७४ मा एसपी, २०७९ मा एसएसपी तथा २०८१ को जेठमा डिआइजी भएका उनी २०८२ को बैशाखमा एआइजीमा बढुवा भएका थिए। पछिल्लो समय उनी उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए। एआइजीको वरियतामा पहिलो नम्बरमा रहेका कार्कीलाई नै सरकारले प्रहरीको नेतृत्व सुम्पिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय