कलैया उपमहानगरपालिकाले अनुमति विना सञ्चालनमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सूचना जारी गर्दै ईआईएमएस (Education Management Information System) कोडबिनै सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूलाई कारबाहीको चेतावनीसहित बन्द गर्न आग्रह गरेको हो।

महाशाखा प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनामा भनिएको छ, “अनुमति बिना ईआईएमएस कोड प्राप्त नगरी सञ्चालनमा रहेका विद्यालयहरू तत्काल बन्द गर्नुपर्नेछ।” साथै सूचनामा उल्लिखित छ कि अनुगमनको क्रममा यस्ता विद्यालयहरू अझै सञ्चालनमा भेटिए कानून अनुसार कडा कारबाही गरिनेछ।

कलैया उपमहानगरपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले नियमन कडा बनाउँदै आएको छ। यसअघि पनि नगरले निजी विद्यालयहरूलाई निर्धारित मापदण्ड अनुसार संचालन गर्न निर्देशन दिँदै आएको थियो।

नगर क्षेत्रभित्र अझै पनि दर्जनौँ शैक्षिक संस्थाहरू बिना दर्ता वा आवश्यक स्वीकृति सञ्चालनमा रहेको पाइएको छ। यस कदमले विद्यार्थीको शैक्षिक गुणस्तर, सुरक्षा र विद्यालयको जवाफदेहिता सुनिश्चित गर्ने विश्वास नगरपालिकाको छ।

नगरबासी, अभिभावक र सरोकारवालालाई समेत यस्ता गैरकानुनी विद्यालयप्रति सतर्क रहन नगरपालिका आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय