बारा । अच्युत पौडेल पेशाले पत्रकार हुन् । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले पत्रकारीता संगै सामाजिक क्षेत्रमा समेत विगत देखिनै सक्रियता बढाउदै आएका छन् ।

पत्रकार पेसाले मात्र जिवन आपन गर्न मुसकिल हुने भएकाले पौडेलले पत्रकारका संगै ओम बिनायक ट्राभल्समा तेस्रो पुस्ताका रुपमा सञ्चालन गर्दै आएका छन जसका कारण उनले सामाजिक भावले विपन्न र असाहयको निम्ति सेवा पनि दिइरहेका छन ।

पछिल्लो समय पौडेलले बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी(भदई)को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका छन । मुटु र टिबि रोगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले करिव २ सय ५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि पहिरनका पोशाक समेतसहयोग गरेका हुन् ।

बुधबार बिहान बारागढी गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई विवाहका सामग्री हस्तान्तरण गरिएको हुन ।

पत्रकार पौडेलले आर्थिक अभावका कारण कोहि पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गर्ने गरेको बताए । उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई निकै कष्ट हुने गरेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पेसाले म पत्रकार हुँ । संयोगवस अर्को सेवाको कार्य ट्राभल्सको लाइनमा पनि जोडिन पुगे ।’ पौडेल भने ‘म बाटो हिड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, जसका कारण समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौं, यही कुराले पिरोलिरहयो’ उनले थपे, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ । सबै पैसा कमाउनमा लिप्त छौं, तर कसैले मद्दत किन गर्दैन्, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौं ?’

यसै कारण पौडेलले ‘विपन्न र असाहयका छोरीको विवाहमा बिहेभोजका लागि सामग्री हस्तान्तरण’ सुरु गरेका थिए । उनको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । भगवानलाई सधै सकेको सेवा गर्न पाउँ भनेको छु सायद त्यहीँ भएर होला आउने व्यक्तिहरूलाई सहयोग गर्न सक्ने वातावरण बनिरहेको छ ।

पौडेलका अनुसार, ‘हामीले सहयोग गरेका व्यक्तिहरूको संख्या निकै छ यसले ठूलो सन्तुष्टि दिएको छ ।

सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहेपनि सहज तरिकाले गर्न पाएको बताइन् ।

यसरी पौडेलको सहयोगसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गरिरहेका छन् । उनको उद्देश्य समाज र समाजसेवामा एउटा सानो उदाहरण प्रस्तुत गर्नु हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय