राज्यमन्त्री तामाङ काठमाडौँ, ३० कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकमा मन्तव्य राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएका छन् । उनले भने, ‘गृहमन्त्रीले आधि घण्टाअघि राजीनामा दिनुस् भनेर फोन गर्नुभएको थियो । मैले किन दिने ? दिन्न भन्ने जवाफ दिएको थिएँ । अहिले हटाएको खबर आयो ।’
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।









