शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेभित्र नयाँ शिक्षामन्त्रीमा अञ्जना शाक्यको चर्चा सुरु भएको छ ।

राष्ट्रिय सभा सदस्य शाक्य प्रधानमन्त्री ओलीको विश्वासपात्रका रूपमा चिनिन्छिन् ।

ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छँदा शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् ।

को हुन् शाक्य ?

यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । साथै बागमती प्रदेशमा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् ।

नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।

ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् । एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।

शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय