वीरगन्ज । शनिबार साझ देखि वीरगन्जमा लगाइएको कर्फ्यु १२ घन्टाको लागि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा हिजो साझ देखि लगाईएको कर्फ्यु आईतबार १२ राति बजे सम्म थपिएको हो ।

दुई समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतवार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो । तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाइ निरन्तरता राख्ने आएको सुझावलाइ मध्यनजर गरेर कर्फ्यु बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ साढे ६ बजेदेखि लागू हुने गरी लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्म वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

उनका अनुसार पूर्वमा वीरगन्ज-१५ मा रहेको बाइपास चोक, पश्चिममा वीरगन्ज-२५ को सिर्सिया पुल, उत्तरमा वीगरन्ज-१४ को पावर हाउस चोक र दक्षिणमा वीरगन्ज-१६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको हो।

वीरगन्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडपले उग्ररुप लिएको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय