वीरगन्ज। वीरगन्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गर्ने क्रममा दुई समुह बीच भएको झडपपछीको तनावलाई निस्कर्ष निकाल्न सर्वदलीय बैठक बसेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा अहिले स्थानीय राजनीति दलका नेता र स्थानीय प्रशासनको संयुक्त सर्वदलीय बैठक बसेको हो ।



बैठकमा सहभागी एकजनाका अनुसार वीरगन्जको माहोल शान्त बनाउन जिल्लाका राजनीति दलका अगुवाइ यसलाई सहज बनाउन रणनीति बनाउने छलफल भइरहेको बताए ।
शनिबार अपरान्ह शोभायात्रा कार्यक्रममा दुई समूहबिच तनाव र झडपपछि वीरगन्जमा कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका– २ श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा झडपको अवस्था आएको थियो ।
हनुमान जयन्तीको शोभायात्रा नगर परिक्रमा गराउने क्रममा छपकैया चोकमा तनाव भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।






