नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशनले निर्वाचन तालिका सार्वजनिक गरेसँगै यतिबेला जीतपुरसिमराका एमालेभित्र चहलपहल बढेको छ ।
एमाले जीतपुरसिमराको नेतृत्वका लागि अहिले त्रिलोक विक्रम शाह मुख्य दावेदारको रूपमा देखिएका छन् ।



शाह सस्थापक निकट नेताका रुपमा चिनिन्छन, एमाले बिभाजनका बखतमा सिमराको कमाण्ड समालेका शाहले जीतपुरसिमरामा बिभाजनका निम्ती तयार रहेका व्यक्तीहरुलाई उनले पार्टीबाट बाहिर जानबाट रोक्ने सफल भए ।
नगरको समृद्धि र संगठनको एकताको लागि शाहले प्रस्तुत गरेका योजनाहरूले उनको दृष्टिकोणको परिपक्वता दर्शाउँछन् । उनी भन्छन्, “हामी राजनीतिक हैसियतका लागि होइन, नगरको परिवर्तनका लागि प्रतिस्पर्धा गरिरहेका छौं।”
शाहले नगर भित्र सामाजिक अभियान, युवासँगको संवाद र आधारभूत सेवा प्रवाहमा अग्रसरता भई गरेको कार्य उल्लेखनीय छ । शाह विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । उनले अनेरास्ववियुबाट राजनैतिक जिवन सुरु गरेका हुन । २०५८ सालमा शाह अनेरास्ववियु प्राक अध्यक्ष भएका थिए । २०६५ मा शाह अनेरास्ववियु बारा जिल्लाका सचिब भए त्यसपछि अनेरास्ववियुको केन्द्रीय सचिबालय सदस्य, अनेरास्ववियुको मधेस प्रदेश संयोजक हँुदै पार्टीको राजनितिमा हुमियका शाह नेकपा एमाले वडा कमिटी, पूर्व जिल्ला कमिटी सदस्य र हाल नगर कमिटिको उपसचिब रहेर पार्टीका निम्ती काम गर्दै आएका छन ।
निर्वाचनको तालिका सार्वजनिक नहुदै माहोल भने शाहको पक्षमा देखिन्छन । पार्टीको संगठन सुदृढीकरणदेखि लिएर स्थानीय विकासका विषयमा निरन्तर सक्रिय रहँदै आएका शाह नेकपा एमाले भित्र एक प्रतिबद्ध र जनतामुखी नेतृत्वको उदाहरणको रूपमा स्थापित हुँदै आएका छन् । बिभिन्न संघ सस्थामा आबद्ध रही समाजको सामाजिक गतिबिधिमा समेत उनी उतिकै सक्रिय छन ।
पार्टी भित्रको समावेशी नेतृत्वको आवश्यकतालाई आत्मसात गर्दै उनले सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने दृष्टिकोण राख्दै आएका छन् । यही कारणले गर्दा यो निर्वाचनमा शाहप्रति आम सदस्यहरूबीच आशावाद र विश्वासको वातावरण देखिएको छ ।
यस्तै शाहले स्थानीय स्तरमा युवाहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्ने वा बृद्धबृद्धाहरूका लागि स्वास्थ्य शिविरको आयोजना शाहकै पहलकदमीका कारण भएको हुदाँ उनले नगरवासीको मन जितेको देखिन्छ ।






