बाराको कलैया उपमहानगरपालिका स्थित ओम बिनायक ट्राभल्सले स्वर्ण जयन्ती मनाएको छ । स्थापना भएको ५० वर्ष पुगेको अवसरमा ट्राभल्सले दुईवटा नयाँ सुविधा समपन्न रात्री बस समेत संचालन गर्दै स्वर्ण जयन्ती मनाएको हो।

बदलिदो बिश्व र यात्रुहरुको चाहनालाई मध्यनजर गर्दै ट्राभल्सले नेपालमै पहिले पटक अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालनमा आएको छ । वीरगंज कलैया काठमाडौ र वीरगंज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ट्राभल्सले टाटा कम्पनीको एलपिओ १५१५÷५५ बिएस ४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न दुई वटा बस संचाल्नमा ल्याएको हो ।

वीरगञ्ज स्थित सिप्रदी प्रा.लिमा शुक्रबार एक बिशेष समारोहका बिच व्यालुन उडाएर बसको शुभारम्भ गरिएको थियो । बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, मधेश प्रदेशका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक भिमकिरण बोगटी, पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र लगायतका अतिथीले पचासवटा ब्यालुन उडाएर बसको शुभारम्भ गरेका थिए ।

यससमेत ट्राभल्सका १५ वटा बस हाल संचालनमा छन । यातायात क्षेत्रमा निकै वर्ष काम गर्दै आएका ईश्वरी प्रसाद पौडेलले २०३१ सालमा सुरु गरेको बस व्यवसाय उनका छोरा असोक कुमार पौडेल हुदै हाल ईश्वरीका नाति अच्युत पौडेलले तेस्रा पुस्ताका रुपका बस व्यवसाय संचालन गरिरहेका छन ।

पत्रकारीतामा रामाईरहेका पौडेललाई आफ्नो परावारीक व्यवसायको जिम्मा संगै सञ्चारकममा समेत सक्रिय छन । उनी प्रेस चौतारी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा मधेश प्रदेशका ईन्र्चाज समेत हुन ।

पौडेलका अनुसार यात्रा आरामदायी र सुखद बनाउने उदेश्यले अत्याधुनिक सुविधा सम्पन्न बस संचालनमा ल्याइएको जानकारी दिए । उनले भने,‘वातावरणमैत्रि, आरामदायिक बस यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सम्पुर्ण सुबिधाहरु बसमा समावेश गरिएको छ ।’

३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट, युएसवी चार्जर, सिट बेल्ट, रिडिगं लाईट, कप होल्टर, आमरेष्ट, प्लेन जस्तै समान राख्ने डिकि, सेन्ट्रलाईज एसी, ४३ इन्चको एलईडी टिभि लगायतको सुबिधा बसमा जडान गरिएको ट्राभल्सले जनाएको छ ।

ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेललाई टाटाद्धारा सम्मान

ओम बिनायक ट्राभल्सले बस व्यवसाय संचालन गरेको स्वर्ण जयन्तीको अवसरमा पचास वर्ष सम्म सहकार्य गरेको अवसरमा टाटा कम्पनीका आधिकारिक बिक्रेता सिप्रदीले पौडेललाई सम्मान गरेको छ ।

शुरुवात देखिनै ट्राभल्सले टाटा मोटरसलाई विश्वास गरि निरन्तर सहकार्य गरेको भन्दै टाटा कम्पनीले ट्राभल्सका संचालक पौडेललाई सम्मान गरेको हो । सिप्रदीका प्रमुख प्रबन्धक ईन्द्रमणी पोखरेलले कदरपत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सिप्रदीका सहायक महाप्रबन्धक कृष्णा चन्द लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका एसपी गौतम मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय