नेकपा एमाले निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख १८ र १९ गते हुने भएको छ ।
नेकपा एमाले निजगढ नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले बैशाख १८ र १९ गते नगर अधिवेशन गर्ने निर्णय गरेको नगर कमिटी सचिव तिलक घलानले जानकारी दिए ।



सचिव घलानले भने,‘अधिवेशनमा पार्टी संगठित सदस्यहरुले नगरका प्रतेक वडाबाट छानेका प्रतिनिधिहरुको सहभागीतामा हुनेछ । अधिवेशनमा आयोजक कमिटीका सदस्यसहित ३ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छन।’
वडा कमिटीबाट अधिवेशनमा प्रतेक ४ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानिने छन । ४ भन्दा बढी पार्टी सदस्य रहेको वडामा सोही अनुपातमा प्रतिनिधिहरुको संख्या पनि वृद्धि गरिने उपसचिव थानेश्वर सापकोटाले जानकारी दिए ।
त्यसैगरी पार्टीको जनवर्गीय संगठनहरुबाट १ महिला, १ युवा र १ खुल्ला गरी ३/३ जनाको दरले प्रतिनिधि छनौंट गरिने छ ।
वडा कमिटी र जनवर्गीय संगठनबाट प्रतिनिधि छनौंट गर्ने मिति र स्थान भने निर्धारण हुन बाँकी रहेको छ । एमाले निजगढ नगरमा ७५१ जना संगठित पार्टी सदस्य रहेका छन ।






