निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सरुवा भएको छ ।

आचार्यको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

२०८१ फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएका आचार्यले कार्यालयमा हाजिर भने चैतको ३ गते भएका थिए । सरुवा भएको २३ दिन तथा हाजिर भएको १२ दिनमा नै मन्त्रालयले उनको सरुवा सूर्यविनायकमा गरेको हो ।

मन्त्रालयले आचार्यलाई सूर्यविनायकमा सरुवा गरेर निजगढ नगरपालिकामा भने हाललाई खाली राखेको छ । संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत आचार्यलाई निजगढ पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय