जिल्ला प्रहरी कार्यालय कलैया बाराले अट्ठाइसवटा भारतीय नम्बर प्लेटको मोटरसाईकल भन्सार चलान गरेको छ ।
आवशयक कागजात नमिलेका बिभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका अट्ठाइसवटा मोटरसाईकल आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिप कुमार थापाले जानकारी दिए ।



बारा प्रहरी फाल्गुन १४ गते एकैदिन जिल्लाका बिभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून बिपरीत रहेका भारतिय नम्बर पलेट अठ्ठाईसवटा मोटरसाईकल नियन्त्रणमा लिईएको बारा प्रहरीले जनकारी दिएको छ ।
बरामद भएको उक्त मोटरसाइकलहरुको बजार मुल्य अन्दाजी पच्चिस लाख रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






