बारा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । हेटौडाबाट बारा तथा पर्सा हुदै भारत निर्यात गर्न तयार गरिएको लागुऔषध प्रहरीले बाराको जीतपुरसिमरा उप–महानगरपालिका २१ अमलेखगंजमा चेक जाँच गर्ने क्रममा लागु औषध सहित एकजनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिप कुमार थापाले हेटौडाबाट वीरगंज तर्फ आउँदै गरेको बा ६३ प ८२६२ नम्बरको मोटरसाईकलको सिटमुनि लुकाई राखिएको १ किलो ७५० ग्राम लागूऔषध अफिम सहित मोटरसाईकल चालक मकवानपुर जिल्ला कैलाश गाउँपालिका ६ पकनीका २१ वर्षीय रबिन्द्र मोक्तान पक्राउ परेको जानकारी दिए ।

पक्राउ परेका मोक्तान विरुद्ध लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दस दिन म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय