जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घले वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले सूचना जारी गर्दै उद्योगी तथा व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरण गर्न आग्रह गरेका छन्।
सङ्घले सार्वजनिक गरेको कार्यतालिका अनुसार उद्योग व्यवसाय नवीकरणको अन्तिम मिति २०८३ साल जेठ १५ गतेसम्म तोकिएको छ। वार्षिक साधारण सभा असार १ गते आयोजना गरिनेछ भने निर्वाचन कार्यक्रम असार ७ गतेका लागि तय गरिएको छ।



त्यसैगरी, निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम असार ११ गते सम्पन्न गरिने सङ्घले जनाएको छ।
अध्यक्ष लामिछानेले सरोकारवाला सबै निकाय तथा उद्योगी व्यवसायीहरूलाई उद्योग वाणिज्य सङ्घको कार्यालयमा दर्ता तथा नवीकरण गरी ढुक्क भएर उद्योग व्यवसाय सञ्चालन गर्न अनुरोध गरेका छन्।






