काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता कमल कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन।

कोइरालाले प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा गरेको सम्पूर्ण खर्चको विवरण निर्वाचन आयोग नेपालको प्रचलित नियम तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन।

सार्वजनिक गरिएको विवरण अनुसार कोइरालाले चुनावी अभियानका क्रममा जम्मा ४३ हजार ८८२ रुपैयाँ खर्च गरेका छन। विवरणमा विभिन्न शीर्षकमा भएको खर्च उल्लेख गरिएको छ।

खर्च विवरण अनुसार खाना तथा खाजामा ७ हजार ४७५ रुपैयाँ खर्च भएको छ भने इन्धनतर्फ ३ हजार ६४७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यसैगरी मनोनयन दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।

यसैगरी प्रचार–प्रसारका विभिन्न कार्यक्रम तथा सामग्री व्यवस्थापनमा २२ हजार ७६० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। यी सबै शीर्षकमा गरिएको खर्च जोड्दा कुल ४३ हजार ८८२ रुपैयाँ भएको जनाइएको छ।

उक्त खर्च विवरण उम्मेदवार कोइरालाका निर्वाचन प्रतिनिधि अन्जित सुवेदीको हस्ताक्षरसहित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको छ। साथै पारदर्शिता कायम गर्ने उद्देश्यले उक्त विवरण सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिएको जनाइएको छ।

निर्वाचन कानुन अनुसार प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय