प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमाल फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन। अन्तिम मतपरिणाम अनुसार धिमालले कुल ३९ हजार ९९८ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन।
धिमालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन। धिमालले बुढाथोकीलाई २५ हजार ७७५ मतको भारी अन्तरले पराजित गरेका हुन, जसलाई यस क्षेत्रको हालसम्मकै ठूलो मतान्तरमध्ये एक मानिएको छ।



नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत गरेका छन। यस्तै अन्य प्रतिस्पर्धीमध्ये नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगाल २ हजार ८७८, जनता समाजवादी पार्टी (जसपा) का रामबाबु प्रसाद यादव २ हजार ५३० गरेका छन।
मतगणना प्रारम्भ भएदेखि नै गणेश धिमालले लगातार अग्रता कायम राखेका थिए। प्रारम्भिक चरणदेखि नै उनले अन्य प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पार्दै अन्ततः सानदार जित सुनिश्चित गरेका हुन।
यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अन्तिम नतिजामा रास्वपाका धिमालले एकतर्फी जित हासिल गरेका छन।
निर्वाचन जितपछि धिमालले मतदाताप्रति आभार व्यक्त गर्दै आफूलाई दिएको विश्वासलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। उनले बारा क्षेत्र नम्बर १ को विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्ने दिशामा काम गर्ने बताएका छन।






