बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार गणेश धिमालले फराकिलो अग्रता कायम गरेका छन। प्रारम्भिक चरणदेखि नै अग्रता लिएका धिमालले पछिल्लो मतपरिणामसँगै आफ्नो जित सुनिश्चित गरेका छन।

बारा क्षेत्र नम्बर १ मा मतगणना सकिनुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धिमालको जित सुनिश्चित भएको छ। २१ हजार मत गणना बाँकी हुँदा धिमाल २१ हजार ११२ मतसहित अगाडि छन।

६० हजार मत गणना हुँदा रास्वपाका धिमालले ३२ हजार ३५ मतसहित अग्रता लिइरहेका छन। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली १० हजार ९ सय १३ मतसहित दोस्रो स्थानमा रहेका छन।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी १० हजार २ सय ५७ मतसहित तेस्रो स्थानमा छन भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगाल २ हजार २ सय ५३ मतसहित चौथो स्थानमा रहेका छन। जनता समाजवादी पार्टी (जसपा) का रामबाबु प्रसाद यादव १ हजार २ सय ३३ मत प्राप्त गरेका छन।

बारा १ मा ८१ हजार ९४६ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय